तनहुँको अग्लो छिम्केश्वरी डाँडामा वर्षौँपछि हिउँ पर्यो

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका ५ मा रहेको जिल्लाकै सबैभन्दा अग्लो स्थान छिम्केश्वरी डाँडामा हिउँ परेको छ ।
गए रातिदेखि परेको अविरल वर्षासँगै आज बिहानदेखि छिम्केश्वरी डाँडामा हिउँ परेको आँबुखैरेनी–५ का वडाध्यक्ष पन्चबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार छिम्केश्वरीमा वर्षौँपछि हिउँ परेको हो ।
छिम्केश्वरी समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा छिम्केश्वरी मन्दिर अवस्थित छ ।

वडाध्यक्ष गुरुङका अनुसार छिम्केश्वरी मन्दिरभन्दा केही तल रहेको ठुल्ढङ्गादेखि माथि हिउँ परेको छ ।

“बस्तीभन्दा माथि जङ्गल क्षेत्रमा हिउँ परेर डाँडा पुरै सेताम्य भएको छ । वडाध्यक्ष गुरुङले भन्नुभयो “केही वर्ष अगाडी अलि अलि हिउँ पर्ने गरेको थियो तर यो पटक धेरै नै परेर छिम्केश्वरी डाँडा पुरै सेताम्य छ ।”








प्रतिक्रिया राख्नुहोस्