तपाईँ सुन्दै हुनुहुन्छः

माघ महिनामा मात्रै २ सय ९४ घरेलु हिंसाका उजुरी 

काठमाडौँ । राष्ट्रिय महिला आयोगमा माघ महिनामा मात्रै २ सय ९४ जना महिलाले आफै उपस्थित भएर घरेलु हिंसाका उजुरी दर्ता गराएको राष्ट्रिय महिला आयोगले जनाएको छ । 

आयोगमा पदाधिकारी नियुक्त भएको एक वर्ष पुगेको अवसरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आर्थिक वर्ष २०७७२०७८ मा १३ सय ५२ घरेलु हिंसा र २ सय १८ महिला हिंसाका घटनाको उजुरी परेकामा ४ सय ११ जनालाई कानूनी परामर्श दिएको जानकारी दिनुभयो । 

आयोगका अनुसार  २०७८ साउन यता महिला हिंसाका ७ सय १३ उजुरी परेको छ । 

सीमित  स्रोत साधनका बीच आयोगले हिंसापीडित महिलालाई न्याय दिन र पीडकलाई कारबाही गराउन देशैभर विभिन्न कार्यक्रम गरिएको जनाउँदै अध्यक्ष पराजुलीले सम्बन्धित मन्त्रालय र निकायसँग समन्वय गरेर आगामी दिनमा अझै आयोगले सक्रियता देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

आयोगका सदस्य विद्याकुमारी सिन्हाले मधेश प्रदेशमा सबैभन्दा बढी महिला हिंसाका घटना भएको जानकारी  दिँदै हरेक घटनालाई राजनीतिकरण गरिँदा पीडितले न्याय पाउन नसकेको बताउनुभयो । 

कार्यक्रममा आयोगका अध्यक्ष शैलजा रेग्मीले एक वर्षमा महिला आयोगबाट भएका कार्यक्रमबारे जानकारी गराउनुभयो । 

आयोगले नेपालमा महिलाको अवस्थाबारे विस्तृत अध्ययन भइरहेको र त्यसको रिपोर्ट चाडै नै सार्वजनिक गरिने जनाइएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button