प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषद्को बैठकले उहाँलाई प्रेस सल्लाहकार नियुक्त गरेको हो ।
परियारले बालुवाटारमै बसेर प्रेस विज्ञको काम भने सुरुदेखि नै गरिरहनुभएको थियो ।
नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाको सचिवालयमा रहेर उहाँले लामो समयदेखि प्रेस हेर्दै आउनुभएको छ ।
प्रधानमन्त्रीले यसअघि किरण गजुरेललाई भाषण तथा वक्तव्य विज्ञ समूहमा रहने गरी नियुक्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्