तपाईँ सुन्दै हुनुहुन्छः

मेचीनगरमा ‘गोर्खा भवन’ बनाउने योजना

झापा । हाल बेलायतमा बस्दै आउनुभएका झापा मेचीनगर निवासी, गोर्खा मेमोरियल फन्ड युकेका केन्द्रीय अध्यक्ष धनकिरण गुरुङले मेचीनगरमा गोर्खा भवन बनाउने योजना रहेको बताउनुभएको छ ।

शनिबार काँकडभिट्टास्थित हिकोला हेरिटेज होटेलमा आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा उहाँले यस्तो योजना सुनाउनुभएको हो । मेचीनगरमा गोर्खा भवन बनाउने आफ्नो ‘ड्रिम प्रोजेक्ट’ रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

पूर्वी नाका काँकडभिट्टा गोर्खालीहरूका लागि मुख्य ट्रान्जिट पोइन्ट भएको तथा गोर्खालीहरूको सुरक्षा र हितका लागि पनि गोर्खा भवन बनाउन आवश्यक रहेकोले नगरबासी र गोर्खालीहरूको साथ–सहयोग पाए निकट भविष्यमै भवन बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष गुरुङले प्रोजेक्टरमार्फत आफ्ना सामाजिक र राजनीतिक गतिविधि बारे प्रकाश पार्नुभएको थियो । गुरुङ बेलायतबाट केही दिनका लागि झापा आउनुभएको हो । उहाँ मङ्गलवार बेलायत फर्किने कार्यक्रम रहेको गोर्खा मेमोरियल फाउन्डेसन नेपालका महासचिव जगत गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button