तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु

फाइल तस्बिर

रौतहट । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

रौतहटको गरुडा नगरपालिका–४ बैरिया गाउँमा ना६२प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गढीमाई नगरपालिका ८ का १९ वर्षीय महम्द अलताफ आलम र २४ वर्षीय रवि साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । 

गरुडाबाट मलाही टोल जाने क्रममा उनीहरू सवार मोटरसाइकल दुर्घटनामा परेको हो । 

मोटरसाइकल दुर्घटनामा घाइते दुवै जनालाई उपचारको लागि ग्राण्डी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button