तपाईँ सुन्दै हुनुहुन्छः

झापाबाट हराएका तीन जना मध्ये एक बालक फेला, दाजुभाइ अझै बेपत्ता

भद्रपुर, झापा । झापाको गौरादहबाट हराएका तीन बालक मध्ये एक जना फेला परेका छन् भने दुई जना अझै बेपत्ता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–३ बरगाछी टोलका श्रीप्रसाद राजवंशीका छोरा १० वर्षीय आयुष, राहुल पराजुलीका छोरा १२ वर्षीय विशाल र १० वर्षीय विवेक बिहीबार बेलुका करिब ४ बजेदेखि हराएका थिए । 

उनीहरू घर नजिकै खेल्न गएका थिए । बिहीबार रातिसम्म घर नफर्किएपछि उनीहरूका अभिभावकले इलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराएका थिए ।

प्रहरी र गाउँलेले उनीहरूको खोजी गर्ने क्रममा आयुश शुक्रवार परिवारको सम्पर्कमा आएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो । 

पराजुली दाजुभाइ भने आज शनिबार बिहानसम्म पनि सम्पर्कमा नआएकोले उनीहरूको खोजी भइरहेको डिएसपी पाठकले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button