मालीको सैन्य कार्यालयमा आक्रमण: ५३ सैनिकको मृत्यु
मालीको। मालीको एउटा सैनिक कार्यालयमा शुक्रबार भएको आ क्रमणमा परी ५३ जना सैनिकको मृत्यु भएको छ ।
देशको उत्तरपूर्वी क्षेत्रमा भएको यस आ क्रमणलाई सरकारी अधिकारीहरुले आ तङ्कवादी हमला भनेका छन् । इ स्लामिक लडाकूहरुले गराएको हिं सा मध्ये यो पछिल्ला हिं साहरु मध्येको ठूलो भएको पनि अधिकारीहरुको भनाई छ । आ क्रमणमा परी एक जना सर्वसाधारणको पनि मृत्यु भएको जनाइएको छ ।
नाइजरसँगको सिमानामा पर्ने मेनका क्षेत्रको इन्डेलिमानमा रहेको सैनिक कार्यालयमा आ क्रमण भएको देशका सञ्चार मन्त्री याया सान्गारेले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिनुभएको छ । “अहिले अवस्था नियन्त्रणमै छ, श व संकलन गरेर पहिचान गर्ने काम भइरहेको छ,” उहाँले लेख्नुभएको छ । आ क्रमण र क्षतिको पूर्ण विवरण भने आइनसकेको उहाँले बताउनुभयो ।
घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रमा अल कायदाआबद्ध जिहादीहरुको प्रभाव बढी रहेको मानिन्छ । फ्रान्स नेतृत्वको सैन्य अभियानले जिहादीविरुद्ध सुरक्षा कारबाही चलाएको थियो । तर हिं सा अन्त्य भने हुन सकेको छैन । (रासस÷एएफपी)







प्रतिक्रिया राख्नुहोस्