आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेश आग्रह
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेश गर्न सरकारसँग आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासङ्घको प्रतिनिधि मण्डलले मङ्गलवार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरी व्यवसायीका समस्या समाधान गर्न आग्रह गरेको हो ।
व्यवसायी सँगको भेटका क्रममा विभागका महानिर्देशक पौडेलले व्यवसायीले उठाएका मागहरूलाई अध्ययन गरी सम्बोधन गर्न पहल गर्ने आश्वासन दिनुभयो ।
त्यस क्रममा महासङ्घका अध्यक्ष शाक्यले प्रस्ट कानुनी व्यवस्थाको अभावमा बजारमा व्यवसायीबिच दुबिधा उत्पन्न नहोस् र जर्ती जस्तो विषयमा व्यवसायीले आफूखुसी सीमा निर्धारण गर्दा एउटै सामानको पसलपिच्छे फरक फरक मूल्य कायम नहोस् भन्ने उद्देश्यले आर्थिक नियमावलीमार्फत यसलाई समेट्न आग्रह गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्