प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिने

काठमाडौं । नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई आज डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति हाल सामान्य रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागका अध्यक्ष प्रा.डा. दिव्या सिंह शाहले संयुक्तरुपमा जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा हेमोडायलासिस गरिएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण तथा उपचारका लागि हिजो ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना हुनुभएको थियो ।
यसअघि, आज दिउँसो प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल अस्पताल जानुभएको थियो ।
अस्पतालमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र केहीछिन विश्राम गरेर प्रधानमन्त्री आजै बालुवाटार फर्कनुहुने चिकित्सकहरुले बताएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्