तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा सडक अतिक्रमण हटाउने अभियान शुरु

जुम्ला । जुम्लामा सडक अतिक्रमण हटाउने कार्यलाई अभियानकै शुरु गरिएको छ । मनपरी रुपमा सडक अतिक्रमण बढ्न थालेपछि अतिक्रमण गरी निर्माण गरेका संरचना भत्काउने, निर्माण सामाग्री हटाउन, परामर्श दिने काम गर्दै अतिक्रमण हटाउने अभियान थालिएको छ । बाक्लो सुरक्षाकर्मी सहित कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर,टहरा,पर्खाल, होटल लगायतका संरचना भत्काउन थालिएको हो । 

सडक डिभिजन जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियान अन्तर्गत जुम्लामा, सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज जुटेर बल्ल अतिक्रमण हटाउन थालेका छन् । जसअन्तर्गत मङ्गलवार चन्दननाथ नगरपालिकाको बसपार्क क्षेत्रमा भएको अतिक्रमण हटाइएको छ । 

अतिक्रमण हटाउने बहस शुरु भएको करिब एक दशक पछि मङ्गलवार जुम्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर सडक अतिक्रमण हटाउने परिणाममुखी काम शुरु भएको नागरिक अगुवा राज बहादुर महतले बताउनुभयो । 

उहाँले भन्नुभयो,“वर्षौँ पहिलेदेखि नागरिक समाजको अगुवाइमा सडक अतिक्रमण हटाउन बहस देखि सडक चक्काजाम गर्‍यौ तर सफल भएनौ । अहिले सडक डिभिजनले कडा कदम पनि चाल्यो,प्रहरी प्रशासनले साथ दिएर अतिक्रमण हटाउने अभियान शुरु भएको छ । आम नागरिक खुसी छौ । सम्मान रूपले सडक अतिक्रमण हटाउन सबै जुट्नु पर्छ ।”

मङ्गलवार डोजर प्रयोग गरेर सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा सडकमा जथाभाबी रुपमा राखिएका निर्माण सामाग्री फालिएको छ । भने अतिक्रमण क्षेत्रमा चिन्ह लगाउने काम भएको छ । 

सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले भन्नुभयो,“सडक अतिक्रमण हटाउन हामी जुटीसकेका छौ । पहिलो चरणमा बसर्पाक क्षेत्रको निर्माण सामाग्री हटाएका छौ । नापी गरी सकेपछि मात्रै सडक अतिक्रमण गरी बनाएका संरचना भत्काउने तयारी छ ।”

सडक सुरक्षा सबैको दायित्व हो भन्ने कुरा बुझ्दा बुझ्दै पनि नागरिक बाट बुझ पचाएको देखिन्छ । नगरपालिकाको मापदण्ड अनुसार सडक १५ मिटर चौडा हुनु पर्ने । त्यसमा एक मिटर फुटपाथका लागि छुटाइएको थियो । 

तर अहिले फुटपाथ समेत अतिक्रमण गरेर घर टहरा, होटल बनेका छन् । त्यसैले सडक क्षेत्र पुरै खाली गर्न नापी गरेर आफै व्यवस्थापन गर्न सूचित गरिने अटेरी गरे एक हप्ता भित्रै डोजर प्रयोग गरेर संरचना भत्काइने सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठको भनाई छ । यसअघि अतिक्रमण हटाउने बहस निर्णय भए पनि कार्यान्वयन नभएपनि अब सडक अतिक्रमण हटाउन आफूले खुट्टा नकमाउने समेत प्रमुख श्रेष्ठको दाबी छ । 

अतिक्रमण बजार क्षेत्र सँगै जुम्लाको तातोपानी, लिताकोट, कुडारी, त्रिवेणी, रारालिहिका पनि बढेकोले अतिक्रमण हटाउने अभियान गाउँ सम्म पुराइने सडक डिभिजनले जनाएको छ । यता प्रमुख जिल्ला विजयाकुमारी प्रसाईँले पहुँचवालालाई छोड्ने र सामान्य नागरिकको संरचना भत्काउने नभई अतिक्रमण भएको सबै क्षेत्र सहमति वा बल प्रयोग गरेर भए पनि  हटाइने बताउनुभयो  । 

सडक सबै नागरिकको साझा सम्पत्ति भएकोले सडक सुरक्षा सबैको दायित्व हो । अतिक्रमण हटाउन प्रहरी प्रशासन,सडक डिभिजनले मात्र सम्भव नभएकोले आम नागरिकको सहयोग आवश्यक रहेको प्रजिअ प्रसाइको भनाई छ । 

यद्यपि, मङ्गलवार डोजर प्रयोग गरेर भत्काइने घरको आँगन, पर्खाल तथा निर्माण सामाग्री हटाइएको केही स्थानीयले विरोध गरेका छन् । अतिक्रमण भएको जग्गा छोड्न तयार भएको तर नापी नक्सा गरेर मात्रै छोड्ने स्थानीयको माग छ । सडक डिभिजनले अतिक्रमण भएको क्षेत्रमा चिन्ह लगाएको छ । केही दिनका खाली नगरे सिधै डोजर प्रयोग गरेर भत्काइने समेत चेतावनी दिइएको छ ।  

सडक डिभिजन जुम्लाले पटक पटक सार्वजनिक सम्पत्ति तथा सडक अतिक्रमण नगर्न अनुरोध नगरे पनि सडकमा स्थानीयको मनपरी रोकिएको थिएन । निर्णय हुने कार्यान्वयन नहुने प्रवृत्तिले बढेको सडक बढेको सडक अतिक्रमण हटाउन सरोकारवाला आक्रामक भए पनि आम सर्वसाधारण खुसी भएका छन् । 

वर्षेनि सडक डिभिजनले करोडौँ खर्चेर निर्माण गरेका सडकको ढल निकासा पनि अतिक्रमणमा परेका छन् । जसले आवत जावतमा समस्या,दुर्घटनाको जोखिम बढेको छ । अतिक्रमण बजार भन्दा गाउँमा बढी भएकोले अतिक्रमण हटाउने अभियान गाउँ केन्द्रित गर्न समेत तातोपानी २ का धिर बुढाको सुझाव छ । 

हाल निर्माण सामाग्री मात्रै हटाएको र अबको सात दिनभित्र अतिक्रमित सडक खाली नभए कार्यालयले आफ्नै तरिकाले हटाउने र त्यसबाट पर्न जाने क्षति प्रति कार्यालय जबाफदेही नहुने समेत चेतावनी दिइएको छ । साथै संरचना हटाउँदा लाग्ने खर्च  समेत सार्वजनिक सडक ऐन २०३१ को दफा १९ (३) बमोजिम सम्बन्धित व्यक्तिबाटै असुल उपर गरिने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button