तपाईँ सुन्दै हुनुहुन्छः

श्रोत खुलाउन नसकेको रुपैयाँसहित एक जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका १५ स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले ५ लाख ३६ हजार नेपाली र २ हजार १ सय भारतीय रुपैयाँसहित भारत घर बताउने ५० वर्षीय नन्दलाल बहेतीलाई पक्राउ गरेको छ । 

बि.आर. ३८ एच ०१८२ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका बहेतीले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको सशस्त्र प्रहरी, बोर्डर आउट पोस्ट रानीले जनाएको छ । 

पक्राउ परेका बहेतीलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button