शीतलहरसँगै चिसो अत्याधिक बढेपछि नेपालगञ्ज र खजुराका विद्यालय तीन दिन बन्द
नेपालगञ्ज । शीतलहरसँगै चिसो अत्याधिक बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाभित्रका बालविकास र १ देखि कक्षा ५ सम्मको पढाई बन्द गरिएको हो । खजुरा गाउँपालिकामा भने सम्पूर्ण विद्यालय बन्द गरिएको शिक्षा शाखाले जनाएको छ ।
पुस २३ गतेसम्मका लागि उपमहानगरपालिका भित्रका बालविकास र १ देखि ५ कक्षा सम्मको पढाई बन्द गर्ने निर्णय गरिएको नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा महाशाखाका शाखा अधिकृत लोकेन्द्र बहादुर शाहीले बताउनुभयो । आज बसेको शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको उनले बताउनुभयो ।
उहाँले बढ्दो चिसोको जोखिमलाई मध्यनजर गर्दै तल्लो तहमा अध्ययनरत साना बालबालिकाहरूको स्वास्थ्यलाई ध्यानमा राखी बाल विकास र कक्षा १ देखि ५ सम्मको कक्षा सञ्चालन बन्द गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्