दुई महिनापछि डोवाटेले सम्हाल्नुभयो मन्त्रालयको जिम्मेवारी

पोखरा । मन्त्री नियुक्त भएको साढे दुई महिनापछि गण्डकी प्रदेशका विनाविभागिय मन्त्री डोवाटे विश्वकर्मालाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मन्त्रीपरिषद्को बैठकले कार्य विभाजन नियमावली २०७४ संशोधन गर्दै थप एक मन्त्रालय बढाएर काँग्रेस बाट मन्त्री बन्नुभएका विश्वकर्मालाई मन्त्रालयको जिम्मा दिइएको हो । उहाँ आन्तरिक मामिला मन्त्रालय सम्हाल्नुभएको छ ।उहाँलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिए सँगै गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या १२ पुगेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गत असोज २५ गते डोवाटेलाई बिना विभागीय मन्त्री बनाउनुभएको थियो । मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला मन्त्रालयको कार्यविधि पनि पास गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्