‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’

काठमाडौँ – सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सुचीकरण हुन रोजगारदातालाई एक महिनाको समय अवधि थप गरेको छ ।
श्रम राजेगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा श्रम राजेगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले रोजगारदाता र योगदानकर्ताको अनुरोधमा सूचीकरणका लागि कार्तिक १३ गतेदेखि एक महिनाका लागि समय अवधि थप गरिएको जानकारी दिनुभयो ।
मन्त्री विष्टले रोजगारदाताको अनुरोधमा सरकारले सूचीकरण हुन समय थप गरेको र थपिएको समय अवधिमा पनि रोजगारदाता सूचीकरण हुन नआए सरकार कानुन कार्यन्वयनमा जाने स्पष्ट पार्नुभयो ।
उहाँले मुलुक समृद्धिको यात्रामा अघि बढिरहँदा लाखौं श्रमिकको जीवनलाई अलपत्र छाडेर समृद्धि सम्भव नभएका भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यन्वयनको विकल्प नरहेको बताउनुभयो ।
मन्त्री विष्टले यस योजनामा सरकारी राजश्वबाट तलव सुविधा लिने कर्मचारी बाहेकका सवै श्रमिकलाई यस योजनामा सहभागी गराइने पनि स्पष्ट पार्नुभयो ।
२०७६ साउन १ गतेबाट कार्यन्वयनमा ल्याइएको योगदानमा आधारित यस योजनामा हालसम्म ८ हजार ८ सय १८ रोजगारदाता र एक लाख ९ सय ६८ योगदानकर्ता सूचीकरण भइसकेका छन् ।
यस अवधिमा सडक दुर्घटनामा मृत्यु भएका कोषमा सहभागी योगदानकर्ता रुपेन्द्र थापा र प्रकाश तामाङ मोक्तानको आश्रित परिवारलाई मासिक पारिश्रामिक र दाहसंस्कार खर्च उपलब्ध गराइएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्