तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्र जोगाउने जिम्मा काँग्रेसको काँधमा : नेता सिंह

भक्तपुर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा काँग्रेसको काँधमा रहेको बताउनुभएको छ । 

नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता सिंहले देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्धति जोगाउन जरुरी रहेको बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता सिंहले पार्टी आसन्न महाधिवेशनमा सही नेतृत्व चयन गरेर मुलुक निमार्णमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले २०४६ सालसम्म जनताका लागि काँग्रेसले राम्रो कार्य गरेको भए पनि ४६ सालपछि सत्ताको लागि बढी नजिक भएको बताउनुहुँदै अब त्यागको भावना बढाउनुपर्नेमा जोड दिनुभयो ।

पार्टी समयमा महाधिवेशन गर्न नसकेर म्याद गुज्रिएको औषधि खाएजस्तो अवस्थामा रहेको बताउनुहुँदै संविधान, विधि र नियमभन्दा  कांग्रेस माथि हुन नसक्ने बताउनुभयो ।

सरकारले कोरोना खोपको व्यवस्थापन अझै राम्रोसँग गर्नुपर्ने बताउनुहुँदै उहाँले  चाडपर्वको बिचमा भइरहेको इन्धन तथा अन्य क्षेत्रको महँगीलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता मनमोहन भट्टराई, कांग्रेस जिल्ला सभापति दुर्लभ थापा, पूर्व सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका कांग्रेस सभापति हरिदाश प्रजापति लगायतले काँग्रेसको विगत जस्तै भविष्य पनि उज्यालो रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button