परिवर्तनको पक्षमा झन्डा उठाइन्छः प्रचण्ड
पाल्पा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झन्डा उठाइने बताउनुभएको छ ।
उहाँले नेपालका विभिन्न कम्युनिस्ट पार्टीबिच छलफल गरी एकताको झन्डा उठाउनुपर्ने बताउनुभयो ।
माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य(किरण), नेत्रविक्रम चन्द(विप्लव) र उपेन्द्र यादवसँग सकारात्मक छलफल भइरहेकाले आफू आशावादी भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्