तपाईँ सुन्दै हुनुहुन्छः

‘कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले रूपान्तरित गर्नुपर्छ’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले रूपान्तरित गर्नुपर्ने बताउनुभएको छ ।


भारतको नयाँ दिल्लीमा स्वास्थ्योपचारपछि आज स्वदेश फर्कनुभएका पूर्व प्रधानमन्त्री खनालले एमालेमा आफूहरूले रगत र पसिना बगाएको भए पनि पछिल्लो समयमा नेतृत्वले त्यसको सम्मान नगरेको आरोप लगाउनुभयो ।


उहाँले अब आफू पार्टीमा कार्यकारी भूमिका नरही देश र जनताको सेवामा सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो । सत्तरी वर्ष उमेरपछि पार्टीको कुनै पनि कार्यकारी भूमिकामा नरहने व्यवस्थालाई विधानतः लागू गर्नुपर्ने उहाँको भनाइ छ । 


नेता खनालको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएका पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टी गठन गर्नुपर्ने औचित्यबारे प्रस्ट पार्नुभएको थियो । 


निर्वाचन आयोगले यही भदौ ९ गते उक्त समाजवादी दललाई मान्यता दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button