महाकाली नदीमा पानीको बहाव बढ्यो

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेको भएको छ ।
आपत्कालीन कार्य सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार सोमबार दिउँसो १२ बजे गरिएको मापन अनुसार नदीमा पानीको बहाव एक लाख ४१ हजार १८० क्युसेक पुगेको छ ।
निरन्तर रुपमा पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण नदीमा पानीको बहावमा वृद्धि भएको हो। पानीको बहाव बढेसँगै बनवसा पुलमा ठुला सवारीका साधन सञ्चालनमा रोक लगाइएको छ।
नदीको जल सतह बढ्न थालेकाले कञ्चनपुरका नदी तटीय क्षेत्रमा डुबान हुने क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
चुरे क्षेत्र भएर बग्ने दोदा नदीको जल बहाव समेत बढेको छ।








प्रतिक्रिया राख्नुहोस्