तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप’ आयोजना हुने

काठमाडौँ । रिभाईभ लिजरपार्कको स्थापनाको उपलक्षमा ‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप’ आयोजना हुने भएको छ । कोभिडबाट प्रभावित खेललाई यस प्रतियोगिताले केही रिफ्रेस बनाउने छ ।


असोज १ देखि ५ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा पुरुष एकल र युगल, महिला एकल, भेटरान्स युगल गरी ४ विधामा खुल्ला प्रतिस्पर्धा गराइने छ ।


च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरू, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन विभागीय टिम, विभिन्न सङ्घ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आइरहेका विदेशी खेलाडीहरूलाई पनि सहभागिता गराइने छ ।


च्याम्पियनसिपमा ३०० बढी खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।


आयोजकको लगनखेलस्थित आफ्नै कभर्ड हलमा आयोजना हुने च्याम्पियनसिपमा कोभिड १९ को उच्च सङ्क्रमणलाई ध्यानमा राखी सम्पूर्ण सरकारी मापदण्डलाई पालना गर्दै खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियल र अत्यावश्यक व्यक्तिहरूलाई मात्र हलमा प्रवेशको व्यवस्था गरिने छ । 


सोही क्रममा नेपालका लागि अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button