तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ सरकारमा दुई मन्त्रीको जिम्मेवारी हेरफेर

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नंं २ को मन्त्री परिषद्मा रहेका दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ ।


उहाँले आर्थिक विकास तथा योजना मन्त्रीमा रहेका विजय कुमार यादवलाई परिवर्तन गरेर प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।


यसै गरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहनुभएका शैलेन्द्र साहलाई आर्थिक विकास तथा योजना मन्त्रीको जिम्मेवारी तोक्नु भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button