परराष्ट्र मन्त्रालयले आइतबारदेखि अनलाइन सेवा सुरु गर्ने

काठमाडौँ । परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले पर्सी आइतबारदेखि अनलाइन माध्यमबाट सेवा दिन सुरु गर्ने भएको छ ।
विभागले आज काठमाडौँमा एक कार्यक्रम गरी आइतबारदेखि प्रहरी प्रतिवेदन प्रमाणपत्र (क्लियरेन्स सर्टिफिकेट)को प्रमाणीकरण सेवा अनलाइन माध्यमबाट दिन सुरु गर्ने र क्रमशः बाँकी सेवाहरू अनलाइन माध्यमबाट दिँदै जाने बताएको हो ।
कार्यक्रममा कन्सुलर विभागका का. मु. महानिर्देशक धनबहादुर वलीले विभागमा ५० प्रतिशत भन्दा बढी सेवाग्राही प्रहरी प्रतिवेदन प्रमाणीकरणका लागि आउने भएका कारण पहिलो विभागमा सेवाग्राहीको चाप कम गर्न पहिलो चरणमा प्रहरी प्रतिवेदन प्रमाणीकरण सेवा अनलाइन गरिएको बताउनुभयो ।
का. मु. महानिर्देशक वलीले विभागमा प्रमाणीकरणका लागि आउने अधिकांश कागजपत्रहरू स्थानीय पालिकाहरूबाट जारी हुने भएका कारण यही भदौ २५ गते काठमाडौँ महानगरपालिकाबाट सुरु गरी क्रमशः सबै पालिकाहरूलाई समेट्ने योजना रहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्