तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानबाट उद्धार भएका नेपालीहरू नेपाल फर्कने प्रक्रिया जारी

file photo

काठमाडौँ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


हिजो सम्म ७ सय ७० नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौँ आइपुगेको र कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समूहबद्ध रूपमा उद्धारको पर्खाइमा रहनु भएका ४२ जना नेपाली नागरिकहरू स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।


औपचारिक क्षेत्रमा रहेका नेपालीको उद्धार सकिन लागेको र अनौपचारिक क्षेत्रमा रहेकाहरूको यथाशीघ्र उद्धारका लागि प्रयास भइरहेको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकार दिनुभयो ।


अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लन्डन, र नयाँ दिल्लीमा रहनुभएका नेपालीहरूलाई काठमाण्डौसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको प्रवक्ता लम्सालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button