‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नू पार्टीको मुख्य दायित्व’

विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नू पार्टीको मुख्य दायित्व रहेको बताउनुभएको छ ।
विराटनगरमा आज आयोजित सो पार्टीको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले सङ्घीयता र प्राप्त परिवर्तनलाई उल्टाउने खेल भइरहेकाले त्यसतर्फ दलहरू सजग हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पार्टीको पहिलो उद्देश्य प्राप्त अधिकारको रक्षा गर्नु र संविधान संशोधन, नागरिकता तथा पहिचानको आधारमा प्रदेशको पुनर्संरचनाका विषयलाई अघि बढाउँदै जाने उल्लेख गर्नुभयो । अध्यक्ष यादवले जनता समाजवादी पार्टी फुटेको नभई केही व्यक्ति पार्टीबाट चोइटिएर गएकाले आफ्नो पार्टी हिजो पनि एक थियो र भोलि पनि एक रहने दाबी गर्नुभयो ।
कार्यक्रममा पार्टीका नेता अशोक राई तथा महेन्द्र राय यादवले पार्टीलाई थप सङ्गठित बनाउन हिमाल, पहाड तथा तराई लाई जोडने गरी भावनात्मक एकता आवश्यक रहेकोमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्