गण्डकी प्रदेशका मन्त्री थापाद्वारा पारिश्रमिक बापतको रकम सामाजिक सेवामा खर्च

पोखरा।गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिक बापतको रकम सामाजिक सेवामा खर्च गर्नुभएको छ । एक कार्यक्रमका बिच पोखरा ३३ भरत पोखरीका युवाहरूलाई १५ थान भलिबल र जाली हस्तान्तरण गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले खेलकुद सामाग्री आफूले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिकबाट प्रदान गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “म सांसद हुँदादेखि नै प्रदेश सरकारबाट प्राप्त हुने तलब भत्तामा केही आफूले पनि थपेर सामाजिक सेवा सँगै विकास निर्माण कार्यमा समेत खर्च गर्दै आएको छु । मन्त्री भइसकेपश्चात् पनि यो क्रम निरन्तर चलिरहेको छ । नागरिकका हरेक सुखदुखमा म सँगै छु । गफ मात्र नभई काममा विश्वास दिलाउने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु । ”
मन्त्री थापाले सरकारी निवास समेत प्रयोग नगरी आफ्नै घरमा बस्दै आउनु भएको छ । मन्त्री थापाले सरकारको खर्च कटौती गरी विकास निर्माणका कार्यमा आफु समर्पित हुने प्रतिबद्धता जनाउँदै पोखरा २१ र ३३ नम्बर वडा दुर्गम वडा भएको उल्लेख गर्दै मन्त्री थापाले उक्त क्षेत्रको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्