तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य चेकजाँच नै गर्न मान्दैनन् राउटे समुदाय 

सल्यान । कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदायले स्वास्थ्य परीक्षण गर्न नमान्ने गरेको पाइएको छ । 

शनिबार राउटे समुदायको बस्तीमै गएर गरिएको स्वास्थ्य शिविरमा १४० मा जम्मा १२ जना राउटेले मात्र स्वास्थ्य परीक्षण गराएका छन् । 

खाद्यान्न लगायत अन्य सामानका लागी अग्रसर हुने तर स्वास्थ्य परीक्षणमा भने निकै कम मात्रामा सहभागी भएको सल्यान जिल्ला अस्पतालका मेडिकल डा. भीमकान्त जैसीले बताउनुभयो । 

स्वास्थ्य परीक्षण गरिएका व्यक्तिमा पनि ठूलो समस्या नदेखिएको उनको भनाई छ । छाला, बाथ, घुँडा दुख्ने जस्ता समस्या देखिएको उनको भनाई छ । उपचारमा राउटे समुदाय सक्रिय नहुँदा उनीहरूको स्वास्थ्य आउने समस्या के हो त्यो पहिचान गर्न नसकिएको डा. जैसीले बताउनुभयो । उनले भने महिलाहरू अगाडि आएर जाँच गर्न हिचकिचाउने,  बोल्न नमान्ने गरेका कारण सबैको स्वास्थ्य परीक्षण गर्न सकिएन ।  
चार जनाको मृत्यु भएपछि सुर्खेत बसाई सरे 

सल्यानमा आएको दुई महिनामै चार जनाको मृत्यु भएपछि घुमन्ते जीवन बिताउने राउटे समुदाय सुर्खेत नै गएका छन् । असार ८ गते सल्यानको कालीमाटी गाउँपालिका –५ काल्चेको डाँडमा बस्दै आएका राउटे पुनः सुर्खेत नै फर्किएका हुन । 

उनीहरू सल्यान र सुर्खेतको सिमाना गुर्भाकोट नगरपालिका –१ सिमसारमा बसेका छन् ।  

जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका दुई वर्षीया मयो शाही, ३४ वर्षीय दल बहादुर शाही, २१ वर्षीय मानसिहं शाही र गत बुधवार सात वर्षीया डवी शाहीको मृत्यु भएपछि बसाई सराई गरेका हुन । मुखिया वीर बहादुर शाहीका अनुसार डवी शाहीको मृत्यु भएपछि बसाइसराई सरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button