मोटरसाइकल एक आपसमा ठोकिदा ३ जनाको मृत्यु

बारा । बारामा मोटरसाइकल एक आपसमा ठोकिदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जितपुर सिमरा उपमहानगरपालिकाको पूर्व पश्चिम राजमार्ग सडक खण्डमा १६ टागिया जाने बाटोमा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नम्बरको अर्को मोटरसाइकल गएराति आपसमा ठोक्किँदा नुवाकोटको घुङताङ ३ का ४० वर्षीय टुलुराज तामाङ, बाराको निजगढ नगरपालिका ९ का १६ वर्षीय विकास साह र सोही ठाउँ बस्ने ३५ वर्षीया सुनैना देवी साहको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
घटना शनिवार राती साढे १० बजे भएको थियो । मोटरसाइकल प्रहरी कार्यालय निजगढमा रहेको र घटना बारे अनुसन्धान भइरहेको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्