तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको धोबिनीमा ५ घरमा आगलागी, लाखौँको क्षति

वीरगंज । पर्साको धोबिनी गाउँपालिका वडा नं. ५ जगरनाथपुरमा आगलागी हुँदा ५ वटा घर जलेर नष्ट हुनुका साथै ५ लाख बराबरको क्षति भएको छ । 

धोबिनी ५ निवासी जोगेन्द्र महरा चमारको गोठघरमा लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएर आगलागी हुँदा उनको घर तथा घरसङ्गै रहेको मङ्गल राम चमार, लछुमन राम चमार, रामचन्द्र राम चमार, कपिल राम चमार र राजेश महरा चमारको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनुभयो । 

गए राती १ बजे भएको आगलागी स्थानीय बासिन्दा प्रहरी, दमकलको सहयोगमा करिब ३ बजे नियन्त्रणमा लिइएको थियो । 

आगलागीबाट घर तथा त्यसमा भएको अन्न, लत्ताकपडा र अन्य जिन्सी सामान गरी करिब ५ लाख भन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button