आत्महत्या गर्न पुगेका ६ जनालाई सुनसरी प्रहरीद्वारा उद्धार

सुनसरी । सुनसरीको कोशी ब्यारेजबाट नदीमा हाम फालेर आत्महत्या गर्न पुगेका ६ जनालाई सुनसरी प्रहरीले उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जय सिंह थापाका अनुसार असार र साउन महिनामा ६ जना पुरुष र महिलाले आत्महत्याको प्रयास गरेका उनीहरूको आत्महत्या प्रयासलाई सुनसरी प्रहरीले असफल बनाई दिएको हो ।
असार १ गते सुनसरी गढी गाउँपालिका ६ का ७८ वर्षीय यादव थरका वृद्धको उद्धार गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, असार २१ गते मोरङ विराटनगर महानगरपालिका १० का ५५ वर्षीय अधिकारी थरकी महिला, साउन ४ गते विराटनगर–३ की ३५ बर्षीया सापकोटा भट्टराई थरकी महिला, साउन २० गते भारत मधुवनी जयनगर चित्र गुप्तकोलोनीका २५ वर्षीय ठाकुर थरका युवा, साउन २४ गते सुनसरी इटहरी उपमहानगर–६ का ६५ वर्षीय पोखरेल थरकी महिला र काभ्रेपलान्चोक–१३ का ४० बर्षीया सापकोटा थरकी महिलाले आत्महत्याको प्रयास गरेका थिए ।
आत्महत्याको प्रयास गरिरहेको अवस्थामा प्रहरी चौकी कोशी ब्यारेजको टोलीले नदीबाट उद्धार गरी आफन्तलाई जिम्मा लगाउँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्