बागलुङ चट्याङ लागेर एक जनाको ज्यान गयो

बागलुङ।बागलुङको ताराखोला गाउँपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ ७ बजेको समयमा हावाहुरी सँगै आएको चट्याङ लागेर ताराखोला सिले निवासी ४५ वर्षीय खिमानन्द कँडेलको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष भद्र बहादुर घर्तीले जानकारी दिनुभयो ।
साँझ गोठमा काम गरिरहेका कँडेल लाई एक्कासि चट्याङ लागेर ढलेपछि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तारा खोलाका प्रहरी निरीक्षक लक्ष्मण न्यौपानले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्