तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त चार मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीद्वारा आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।

राष्ट्रपति भवन शितल निवासमा आज आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

राष्ट्रपतिसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह, र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button