तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९ बाट विदेशमा थप चार नेपालीको मृत्यु

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा तीन र रुसमा एक गैर आवासीय नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
सङ्घका अनुसार कोरोना सङ्क्रमणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको निधन भएको  छ । उहाँका अनुसार  यो साता मालदिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म ५४ देशमा ६५  हजार २८७  नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये  ६२ हजार  ६६३ कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो समय नेपालसहित विश्वका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन सङ्घले अनुरोध गरेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button