तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिनदेखि हराइरहेका होटेल सञ्चालक मृत अवस्थामा फेला

रोहित काफ्ले, झापा । दुई दिनदेखि हराइरहेका झापाका एक होटेल सञ्चालक मृत अवस्थामा फेला परेका छन् । बिर्तामोडका एक जना पुरुष आइतबार मेचीनगरमा मृत अवस्था भेटिएका छन् ।
बिर्तामोड–५ स्थित चर्चित गाउँले होटेलका सञ्चालक ५० वर्षीय तिलक निरौला आज मेचीनगर–१३, चारआलीस्थित कालीझोडा जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको हत्या भएको आशङ्का प्रहरीले गरेको छ ।
घटनास्थल वरिपरि प्रहरीले घेराबन्दी गरेको छ भने धरानबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । उनी दुई दिनदेखि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button