तोरीको उत्पादन घट्योः किसान मर्कामा

जाजरकोट । जाजरकोटमा तोरी उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष उत्पादन तेब्बरले घटेको हो । उत्पादन घटेपछि तोरी खेती कृषक मर्कामा परेका छन ।
तोरी खेतीको लागि पकेट क्षेत्र मानिने नलगाड नगरपालिकाको कल्पत, डाडागाउँ, टट्टा, चावलेचौर, करुवा, किटेनी, थाप्ला, लहँ, पोखरा, बाँउसेखोला, लविसा, हलचौर लगाएत क्षेत्रमा उत्पादन घटेको छ ।
गत बर्ष ५ मुरी तोरी भन्दा बढी नै उत्पादन भएको थियो यो पटक १ मुरी पनि उत्पादन भएन नलगाड ४ का तोरी खेती कृषक माया रावलले बताउनु भयो । घरमा प्रयोग गरेर तोरी तथा तेल विक्री गरिन्थ्यो यो पटक भएन के विक्री गर्नु र तेल खानै पुग्ने छैन, रावलको गुनासो छ ।
तोरीखेती भएको हिउँदे मौसममा पानी नपर्दा उत्पादनमा कमी आएको छ । यस वर्ष तोरी बाली मात्र होइन अन्य गहँु, जौ, चना, मसुरो बाली पनि राम्रो उत्पादन धेरै घट्ने देखिएको कृषि प्राविधिक टोपेन्द्र विकले बताउनु भयो । तोरी उत्पादन राम्रो नभएपछि किसान चिन्तित देखिएका छन ।
तोरी बिक्री गरेर घर व्यवहार चलाउने कृषक यसपटक भने मर्कामा परेका छन । तोरी उत्पादन कम भएका कारण तोरीको तेल पाउन समेत मुष्किल भएको छ ।
गतबर्ष ४ सय प्रतिलिटर बिक्री हुने तेल तोरी अभाव भएपछि ६ सय ५० मा बिक्री हुने गरेको छ । उत्पादन घट्दा तेल अभाव भएको छ भने तेलको माग बढेको छ । धेरै कृषकले अन्य बाली भन्दा तोरी कै व्यवसाय गरेर तेल बिक्री गर्ने गरेका थिए ।
हरेक वर्ष किसानले लगाउने बालीको उत्पादन घट्दै गएको छ । अनुकूल मौसम, सिँचाइ सुविधा नहुनु लगाएत कारण बषेणी उत्पादन घट्दै गइ रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्