तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस केन्द्रीय समिति बैठक : प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिका बारेमा छलफल

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आजको बैठकमा पनि प्रतिनिधिसभा विघटन र त्यसपछि उत्पन्न परिस्थितिका बारेमा छलफल भएको छ ।

बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा पुस १३ गते सोमबार १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह र अर्जुननरसिंह के.सीले धारणा राख्नुुभएको थियो ।

बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button