अछाममा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि

अछाम – अछाममा शुक्रवार थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाको कमल बजार प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४८ जनाको स्वाब परीक्षण गर्दा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार मंगलसेन नगरपालिकाका १२ जना पुरुष र ४ जना महिला गरी १६ जना, कमल बजार नगरपालिकाका १ जना पुरुष तथा पञ्चदेवल विनायक नगरपालिकाका १ जना महिला गरी १८ जनामा कोरोना पुष्टि भएको हाे ।
कमल बजार पीसीआर प्रयोगशालामा हालसम्म २७ सय २७ जनामा कोरोना परीक्षण गर्दा ४३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै अछाम जिल्लामा हालसम्म १४ सय ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि ३ सय नाघेको छ । शुक्रवार १८ जना सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३०२ जना पुगेको छ ।
कोरोनाका कारण ४ जनाको ज्यान गइसकेकाे अछाममा ११ सय ६७ जना निको भई घर फर्केका जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्