सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ हजार घुससहित पक्राउ
रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सशस्त्र बल, बोर्डर आउट पोष्ट कपिलवस्तु कृष्ण नगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीबाट ३५ हजार घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा शुक्रवार लिइएको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सरेश भुसालले जानकारी गराउनुभयो ।
घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीबाट ३५ हजार घूस माग गरिरहेको भन्ने उजुरी तथा सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले हवल्दार गुरुङलाई नियन्त्रणमा लिएको हो ।
सूचना अधिकारी सुरेश भुसालका अनुसार कपिलवस्तुको कृष्ण नगर नगरपालिका वडा नम्बर १२ गोलघरस्थित मिलन रेष्टुरेण्ट एण्ड दुर्गा गेष्ट रङेहात नियन्त्रणमा लिइएको हो ।







प्रतिक्रिया राख्नुहोस्