प्रदेश २ मा कोरोनाको नमूना परीक्षण हुने

जनकपुरधाम । प्रदेश नंं २ मा कोरोनाको लक्षण भएका विरामीको संख्यामा निक्कै कमी आएपछि कोरोनाको समुदायिक अवस्थाका विषयमा जानकारी लिनका लागि चाँडै नमूना परीक्षण गरिने भएको छ ।
यस विषयमा राष्ट्रिय सरुवा रोग केन्द्र टेकू काठमाडाँै, विश्व स्वास्थ्य संगठनसँग छलफल एवं परामर्श गर्ने काम भइरहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख एवं निर्देशक डा.श्रवण कुमार मिश्रले जानकारी दिनुभयो ।
अहिले प्रदेश २ मा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम तथा यस अन्तर्गत रहेका अन्य प्रयोगशालामा गरेर दैनिक रुपमा लक्षणसहितको २ सय ५० देखि ३ सय विरामी पिसिआर परीक्षण हुने गरेकोे डा.मिश्रले जानकारी दिनुभयो ।
लक्षण भएका विरामीको मात्र कोरोना परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका जारी गरेकाले निर्देशिकाको संशोधन विना लक्षण नभएकाहरुको परीक्षण गर्ने अवस्था नभएका कारणले समुदायमा कोरोनाको अवस्थाका बारेमा जानकारी लिन कठिन भएको पनि उहाँले बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनले पनि कोरोनाको अवस्था प्रदेश नंं २ मा कस्तो रहेको छ त्यस विषयमा चाँसो लिइरहेको कारणले चाँडै राष्ट्रिय सरुवा रोग केन्द्रको सहयोगमा परीक्षण गरिने पनि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले जनाएको छ ।
खास गरेर प्रदेश नंं २ मा लक्षण भएका विरामीको संख्यामा व्यापक कमी आएको र मृत्यु दर पनि कम भएकाले कोरोना नभएकै हो भन्ने विषयमा जानकारी लिनका लागि समुदायमा कोरोनाको नमूना परीक्षण आवश्यक रहेका पनि डा.मिश्रले बताउनुभयो ।
प्रदेश नंं २ का सरकारले शुरुदेखि अहिलेसम्म पनि कोरोनाको पिसिआर परीक्षण पूर्ण रुपमा निःशुल्क रुपमा गर्दै आएको छ ।
अहिले प्रदेशमा कोरोनाको दर घटेपछि सर्वसाधारणमा आत्मवलको विकास भएर आर्थिक, सामाजिक, राजनीतिक लगायतका क्षेत्रमा गतिविधि बढेर गएको छ ।्
अहिले प्रदेश नंं २ को आठ जिल्लामा सक्रिय कोरोनाका विरामीहरुको संख्या छ सय २६ जना रहेका छन् । जसमध्ये संस्थागत आईसोलेसनमा ३१ जना तथा होम आइसोलेसनमा पाँच सय ९५ जना रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्