तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा वितरण

बारा । २९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले एक सय जना अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा सिरक वितरण गरेको छ ।
उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी  शारीरिक रूपले पुुर्णरुपमा अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा फाइबरको सिरक वितरण गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख सरस्वती देवी चौधरीले जानकारी दिनुभयो ।
उपप्रमुख चौधरीले अपाङ्गता भएका व्यक्ति तथा उनीहरूको अभिभावकलाई सिरक प्रदान गर्नुभएको हो  ।
लक्षित वर्गको  लागि छुट्ट्याइएको बजेटबाट रातो कार्डधारी अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा फाइबरको सिरक वितरण गरिएको हो ।
पाँच जना अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको घरदैलोमा नै गई सिरक प्रदान गरिएको महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button