तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक सुरु

  
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सम्बद्ध निकायहरूको प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक सुरु भएको  छ ।
आज मन्त्रालयमा बसेको बैठकमा हुलाक सेवा विभाग, सञ्चार तथा प्रसारण विभाग, सूचना तथा सञ्चार विभाग र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले कार्य प्रगति प्रस्तुत गरेको छ ।
कार्य प्रगति प्रस्तुत गर्दै मन्त्रालयका सहसचिव डिल्लीराम शर्माले मन्त्रालयको समग्र प्रगति ६५ दशमलव ११ प्रतिशत रहेको जानकारी दिनुभयो ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रालय सम्बद्ध निकायहरूले प्रस्तुत गरेको कार्य प्रगति स्पष्ट नभएकाले आगामी बैठकमा लक्ष्यसहित कार्य प्रगति र योजना प्रस्तुत गर्न निर्देशन दिनुभयो ।
समितिको बैठक मसिंर २२ गते ११ बजे मन्त्रालयमा पुन बस्ने गरी स्थगित गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button