पर्सा बारा र रौतहटका थप ६ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज । वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएकोे पिसिआर परीक्षणको क्रममा पर्सा, बारा र रौतहटका गरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्सा र बाराको विभिन्न स्थानबाट संकलन गरि ल्याइएको ८९ जनाको स्वाब परीक्षण गर्दा पर्साका ३, बाराका २ र रौतहटको गौर नगरपालिकाकी एक महिलासँगै थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।
पर्सामा संक्रमण पुष्टि हुनेहरुमा वीरगंज महानगरपालिका वडा नम्बर १० का १ जना रहेका छन् भने बहुदरमाई नगरपालिका वडा नम्बर २० र पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ का १/१ जनामा संक्रमण पुष्टि भएको डा. चौरसियाले बताउनुभयो ।
यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ र महागढीमाई नगरपालिका वडा नम्बर ८ का १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा २ जना महिला रहेका छन् भने ४ जना पुरुष रहेका छन् ।
संक्रमण पुष्टि भएकाहरु १७ वर्ष देखि ६८ वर्ष उमेर समुहका रहेका छन् भने उनीहरुको सिटि भ्यालु १९ देखि ३२ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्