तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कैलालीका कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । बाँकेमा उपचाररत कैलालीका कोरोना संक्रमित पुरुषको गएराति मृत्युु भएको छ ।

कैलालीको भजनी नगरपालिका ८ का ६५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा गएराति साढे १०:५० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापका विरामी थिए ।

स्वास्थ्यमा समस्या भएपछि कोभिडको आशंकामा कार्तिक २१ गते टिकापुर अस्पतालबाट उनको स्वाब लिइएको थियो । २२ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको अवस्था गम्भीर बनेपछि २८ गते साँझ साढे ५ बजे भेरी अस्पताल नेपालगन्ज लगिएको थियो ।

यो संगै बाँकेमा उपचारका लागि गएका बाहिरी जिल्लाका ३६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button