तपाईँ सुन्दै हुनुहुन्छः

छिमेकीको हत्या गर्ने पक्राउ

सोलुखुम्बु । सोलुखुम्बु नेचासल्यान–२ सल्यानका हर्कबहादुर भुजेलको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । रातको समयमा मादक पदार्थ सेवन गरी छिमेकीको हत्या गरेको आरोपमा ३० वर्षीय धु्रवबहादुर भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

मृतक हर्कबहादुर र धु्रवबहादुर रक्सी खाई गफ गरिरहेको र मृतककी श्रीमती लक्ष्मी भुजेलले धुव्रलाई आफ्नो घर जान अनुरोध गरेपनि नगएपछि लक्ष्मी बालबच्चा लिएर सुत्न गएको अवस्थामा हत्या भएको हो ।

घरको बरण्डामा गफ गरिरहँदा धुब्रले घरबाट साथमा ल्याएको डोरीले घाँटीमा कसी हर्कबहादुरको हत्या गरेको खुल्न आएको प्रहरी निरीक्षक दर्नालले बताउनुभयो । उनलाई १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button