राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना संक्रमण
काठमाडौँ । दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
ढाकामा बुधबार गरिएको कोरोना परीक्षणमा एक खेलाडीको नतिजा पोजेटिभ आएको हो । अन्य खेलाडीको नतिजा भने नेगेटिभ आएको छ ।
एन्फाका अनुसार कोरोना देखिएको ती खेलाडीलाई अस्पतालको एकान्तबासमा राखिएको छ । उनको अवस्था सामान्य रहेको छ । खेलाडीको परिचय गोप्य राखिएको छ । कोरोना देखिएसँगै उनले पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।
नेपालले शुक्रबार बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै नेपालले मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । गत हप्ताको रिपोर्टमा उनीसहित २५ खेलाडी र ११ अफिसियलको रिपोर्ट नेगेटिभ आएको थियो । यस अघि नेपालमै गरिएको परिक्षणमा ७ खेलाडीमा कोरोना देखिएको थियो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।








प्रतिक्रिया राख्नुहोस्