छठीमाताको पुजामा दलित समुदायलाई विभेद नगर्न माग
नेपाल दलित मुक्ति संगठनले दलित समुदायलाई छठीमाताको पुजामा विभेद नगर्न माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई जिल्ला प्रशासन कार्यालयमा बुधवार एक ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेको संगठनका महेश बिश्वकर्माले जानकारी दिनुभयो ।
तराई मधेसका जिल्लामा दलितलाई गैरदलितको विभेदका कारण अलगै घाटमा छठीमाताको पुजाअर्जा गर्ने बाध्यता रहदै आएको हुँदा त्यस्तो विभेद नगर्न माग गरिएको विश्वकर्माले जानारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्