‘कोभिड–१९ का कारण विद्युतीय कारोबारमा उल्लेख्य बृद्धि’

काठमाडौं । नेपाल राष्ट बैकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण विद्युतीय कारोबारमा उल्लेख्य रुपमा बृद्धि भइ वित्तीय पहुँचमा बृद्धि भएको बताउनु भएको छ ।
सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरुको सहभागीतामा ४० औ सार्क पाइनान्स गु्रपको बैठकलाई बुधवार भर्चुवल रुपमा सम्बोधन गर्दै गर्भनर अधिकारीले सार्क फाइनान्स अन्तर्गतका केन्द्रीय बैंकहरुले डिजिटल कमन करेन्सी अवलम्बन गर्न सार्क फाइनान्स स्तरमा एक अध्ययन गर्नुपर्ने धारणा समेत ब्यक्त गर्नु भयो ।
सो अवसरमा हाल सार्क फाइनान्स केन्द्रीय बैंकहरुको चियर रहेको रिजर्व बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासले कोभिड–१९ को प्रभाव न्यूनीकरणका लागि कूल गार्हस्थ उत्पादनको १० प्रतिशत बराबरको पोलिसी रेस्पोन्स कार्यान्वयन गरेको उल्लेख गर्दै रिर्जव बैंक अफ इण्डियाले चालेका अन्य नीतिगत व्यवस्था, समग्र आर्थिक परिसूचक एवं वित्तीय अवस्थाका विषयमा समेत बैठकमा जानकारी गराउनु भयो ।
सार्क राष्ट्रका गभर्नरहरुले बैठकका क्रममा आ–आफ्नो केन्द्रीय बैंक र सरकारले कोभिड–१९ का कारण समग्र अर्थतन्त्रमा परेका असर र त्यसको न्यूनीकरणका लागि लिइएका नीतिगत व्यवस्थाका विषयमा चर्चा गर्नुभएको नेपाल राष्ट्र बेकले जनाएको छ ।
बैठकमा नेपाल राष्ट्र बैंक लगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैंकहरूका गभर्नरहरु, डेपुटी गभर्नरहरु तथा अधिकारीहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्