तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा प्रहरीद्वारा १३ लाख बढी मुल्यको तस्करीको सामान बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले गएराति वीरगंजको विभिन्न स्थानबाट अवैध रुपमा राजस्व छलि भित्र्याई रहेको अवस्थामा ठूलो परिमाणमा तस्करीको सामान बरामद गरेको छ ।

सिमा क्षेत्रमा खटिएको गस्ती टोलीले भारतबाट राजस्व छलि भित्र्याइएको खाद्यान्न, लत्ताकपडा, हार्डवेयर लगायतका समान तथा नेपालबाट भारत तर्फ लैजान लागेको केराउ, छोकडा लगायतको झण्डै १३ लाख ९८ हजार मुल्य बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

बरामद गरिएको सामान थप कारवाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको प्रहरी उपरीक्षक पन्तले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button