तपाईँ सुन्दै हुनुहुन्छः

पहिलेको बसपार्क अहिले बन्यो हरीत पार्क!

रोल्पा– रोल्पा जिल्लाको सदरमुकाम मुटुमा रहेको टुडिखेल हरीत पार्कका रुपमा बिकाश गरीएको छ । स्थानियतहको निर्वाचन भन्दा अगाडी सम्म टुडिखेल लाइ ,बस पार्क,खेलमैदान को रुपमा प्रयोग गरीदै आएको थियो यत्रतत्र फोहर, हिलाम्मे , धुलाम्मे र कुरुप ले परीचित लिबाङ टुडिखेल मा कुनै बेला रोल्पाका पत्रकारहरुले ब्यङ्गे गरेर हिलाम्मे टुडिखेलमा धान रोपेका थिए, हरीत पार्ककारुपा बिकाश गर्नुपर्छ भनेर ।

तरस्थानिय तह को निर्वाचन पछी रोल्पा नगरपालीका ले जनप्रतिनिधी, स्थानिय सरकार को नगर प्रमुखमा पुर्ण के.सी लाइ पायो र के.सी ले निर्वाचित भएको पहीलो वर्ष बाट उक्त टुडिखेललाइ हरीतपार्क का रुपमा बिकाश गर्ने निर्नय ,अठोट गरेसङ्गै काम थालनी गरीयो र पुर्णता दिइयो ।

नगर प्रमुख तत्कालीन ने.क.पा.(माओवादी केन्द्र पार्टी) बाट निर्वाचित हुनुभएको हो । हरीतपार्क बनाउन स्थानीय सरकार ,बैङ्कहरु,सुरक्षा निकायका अङ्ग,संघसस्था,ब्यबसायी,बिद्यालय, नागरीक हरुको प्रत्यक्ष सहभागीतामा टुडिखेलमा दुवो,बिभिन्न प्रजातिका बिरुवा,फुल रोपियो साथै जनावर तथा मानिसहरु ले बिनास नगरुन भनेर चौतर्फी तारजाली लगाएर सुरक्षीत गरीएको छ । अहीले बाह्रै महिना हरीयाली छाएको देख्न सकीन्छ ।

नगरपालीकाको काम प्रति सबै पक्ष सन्तुष्ट छन् सुन्दर आकर्सक हरीयाली हरीत पार्कका रुपमा बिगत को बस पार्कलाइ पाउदा, निकैफरक छ टुडिखेल लाइ चारैतिरबाट रीङ रोड, सडकले घेरीएको छ भने बिभिन्न सभा,कार्यक्रहरु सोही मैदान मा हुन्छन् ।
जिल्लाको परीचय , मुहार झल्काइ रहेको छ । हरीत पार्क लिबाङ को टुडिखेलले ।

तत्कालीन जिल्ला बिकाश समितिले बर्तमान टुडिखेलको रुप दिन सकेको थिएन भने स्थानिय तह को सरकार बनेपछी थुप्रै बिकाश निर्माण ले पुर्णता सङ्गै तिब्रता पाएको छ । टुडिखेल एक उदाहरण हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button