तपाईँ सुन्दै हुनुहुन्छः

हराएको सवारी साधनको निवेदन र सिफारिस पनि अनलाईनबाटै दिने व्यवस्था

काठमाडौं । ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउदै सेवाग्राहीलाई थप सहज र सरल बनाउन तथा कोभिड १९ माहामारीको विषम परिस्थितलाई समेत मध्येनजर गर्दै प्रहरी प्रधान कार्यालयको सहयोगमा हराएको वा चोरी भएको सवारी साधनको विवेदन अनलाईनबाटै दिने व्यवस्थाको शुरुवात आजैबाट महाशाखाले गरेको छ ।

महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले हराएको वा चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि Lost & Found Vehicle Management System सफ्टवेयर सञ्चालनमा ल्याएको बताए ।

अनलाईन सेवा सुरु भएसँगै निवेदन र सिफारिसको लागि ट्राफिक कार्यालय धाउनुपर्ने दिनको अन्त्य भएको छ र सेवाग्राहीले घरैबाट निवेदन दिन सकिने र सवारी साधन फेला परेको जानकारी लिन सकिने वताए ।

यसको लागि सवारी धनीले अब ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र रहेको लस्ट भेईकल एप्लिकेसन (Lost Vehicle Application) मा क्लिक गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button