केन्द्रीय तथ्याङ्क विभाग र रेडियो नेपालबिच सम्झौता
काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ का लागि जनचेतनामूलक सन्देश दिने उद्देश्यले केन्द्रीय तथ्याङ्क विभाग र रेडियो नेपालबिच आज सम्झौता भएको छ ।
राष्ट्रिय जनगणना २०७८ का लागि जनचेतनामूलक सन्देश प्रसारण गर्ने सम्झौतामा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र केन्द्रीय तथ्याङ्क विभागका उप महानिर्देशक हेमराज रेग्मीले हस्ताक्षर गर्नुभयो ।
सो अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले राष्ट्रिय जनगणना २०७८ को महाअभियानलाई सफल पार्नु राष्ट्रिय दायित्व भएकोले सूचना र जानकारी प्रदान गर्न विभाग सँग सधैँ समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
केन्द्रीय तथ्याङ्क विभागका उप महानिर्देशक हेमराज रेग्मीले २०७८ जेठ २५ देखि असार ८ गते सम्म सञ्चालन हुने १२ औँ राष्ट्रिय जनगणनाको सूचना र जानकारी लाई जनस्तर सम्म पु¥याउन सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्