प्रदेश ५ को स्थायी राजधानी देउखुरी र नाम लुम्बिनी प्रस्ताव
बुटवल । प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको टुङ्गो लगाउन आजदेखि प्रक्रिया अघि बढाइएको छ ।
प्रदेश नं ५, प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकार गठन भएको करीब साँढे दुई वर्षपछि प्रदेशको स्थायी राजधानी र नामकरण सम्बन्धमा औपचारिक प्रस्ताव पेश गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले जानकारी दिनुभयो ।
उहाँले दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले चर्चेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरी उपत्यका क्षेत्रलाई स्थायी राजधानी र प्रदेशको नाम लुम्बिनी नामकरण गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको जानकारी दिनुभयो ।
प्रस्तावमाथि यही असोज १९ गते मध्याह्न १२ बजे बस्ने प्रदेशसभा बैठकदेखि छलफल शुरु हुने सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो ।
प्रस्तावमा नेपाली कांग्रेसले भने असहमति जनाएको छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्